काठमाडौं उपत्यकासहित अन्य केही स्थानहरूमा अहिले जनजीवन सामान्य बन्दै गएको छ।
आइतबार बिहानैबाट उपत्यकामा घाम लागेको छ। वर्षा हुन रोकिएसँगै सडकमा सवारी साधनको चाप पनि बढेको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँसहित देशभरको जनजीवन प्रभावित बनेको थियो। भीषण वर्षालाई मध्यनजर गरी सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारी साधन आवागमनमा रोक लगाएको छ।
सवारी आवागमनमा आइतबार पनि रोक लगाइएको छ। उपत्यकामा पानी पर्न छोडे पनि नदीहरूमा बाढी भने उस्तै छ। केही नदीमा बाढीको जोखिम त्यत्तिकै छ। मौसमविद्हरूका अनुसार आइतबार पनि काठमाडौँ उपत्यकासहितका पूर्वी भूभागमा पानी पर्ने सम्भावना छ।
66
Shares

प्रतिक्रिया