बागमती


विपद् व्यवस्थापनका लागि बागमती प्रदेशमा ‘युनिफाइड कमान्ड टिम’ गठन

विपद् व्यवस्थापनका लागि बागमती प्रदेशमा ‘युनिफाइड कमान्ड टिम’ गठन

नेपालखबर
असोज १८, २०८२ शनिबार १७:५७, काठमाडौँ

निरन्तर परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि बागमती प्रदेश सरकारले ‘युनिफाइड कमान्ड टिम’ गठन गरेको छ।

शनिबार (आज) मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौंमा बसेको आकस्मिक मन्त्रीस्तरीय  बैठकले विपद्को बेलामा तत्काल उद्धार र राहतको काम तथा समन्वय गर्न  ‘युनिफाइड कमान्ड टिम’ गठन गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराम अधिकारीको संयोजकत्वमा  ‘युनिफाइड कमान्ड टिम’  गठन गरिएको मुख्यमन्त्री बानियाँको सचीवालयले जनाएको छ।

उक्त टीममा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेश चन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी तथा उर्जा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ र  वन तथा वातावरण मन्त्री भरतबहादुर केसी रहेका छन्। उक्त टीमले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एउटै संयन्त्रमा ल्याएर तत्काल उद्धार सुरु गर्ने व्यवस्था मिलाइएको छ।

बैठकमा मुख्यमन्त्री बानियाँले सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, ललितपुर, दोलखा र रामेछाप जिल्लामा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्। जोखिममा रहेका विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवन वरिपरिको जमिनमा माटो कटान नियन्त्रण गर्ने र सचेतना कार्यक्रम चलाउने निर्णय गरिएको बताइएको छ। 

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘जिल्ला विपद् व्यवस्थापन समिति’ सक्रिय हुनेछन्। त्यहाँ सेना, प्रहरी, रेडक्रस र स्थानीय स्वयंसेवक समेत परिचालन हुनेछन्।

बैठकमा मन्त्रीहरूले राहत सामग्रीका लागि तत्काल बजेट छुट्याउने, सडकमा पहिरो हटाउन मेसिन तयारी अवस्थामा राख्ने र स्रोत–साधन आवश्यक परे थप परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad