जेनजी आन्दोलनका कारण मकवानपुरमा भदौ २६ गते मकवानपुरमा लगाइएको निषेधाज्ञा तथा कर्फ्यु शनिबार (आज) बिहान १० बजेदेखि हटाइएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा मुलुकमा देखिएको असहज परिस्थिति क्रमशः सामान्य हुँदै गएका कारण कर्फ्यु हटाइएको उल्लेख गरिएको छ।
निषेधाज्ञा तथा कर्फ्यु हटाइएसँगै मकवानपुरको जनजीवन सामान्य बन्दै गएको छ।
जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरेसँगै मकवानपुरसहित मुलुकको जनजीवन सामान्य बन्न थालेको हो।
27
Shares

प्रतिक्रिया