बागमती


ललितपुरको मनहरा खोलामा हाम फालेका युवकलाई सशस्त्र प्रहरीले बचायो

ललितपुरको मनहरा खोलामा हाम फालेका युवकलाई सशस्त्र प्रहरीले बचायो

प्रतीकात्मक तस्बिर


नेपालखबर
असार ११, २०८२ बुधबार ९:१४, काठमाडौँ

ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित मनहरा खोलामा आज (बुधबार) बिहानै हाम फालेका युवकको सकुशल उद्धार गरिएको छ। 

नुवाकोट घर भई पुनर्जीवन अस्पतालमा उपचार गराइरहेका १८ वर्षीय आयुष बडाललाई सशस्त्र प्रहरीले खोलाबाट निकालेको हो। 

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बडाल बिहान ६:४० बजेतिर मनहरा खोलामा हाम फालेका थिए।

खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गणबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो।

अहिले बडालको अवस्था सामान्य छ।

उनी मानसिक रूपमा अस्वस्थ रहेकाले उपचारत थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad