उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा–१ स्थित कुन्छाल बस्तीमा ५५ वर्षीया महिलाको हत्या भएको छ।
बिहीबार दिउँसो अन्दाजी ५५ वर्षीया तुलुमाया गोपालीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। तुलुमायाको हत्या गरेर उनका देवर नाता पर्ने अन्दाजी ३५ वर्षीय विमलमान गोपाली धारिलो हतियारसहित प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।
तुलमायाको हत्या गरेर गोपाली हतियारसहित अपराह्न ३ः४० बजेतिरको समयमा इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।
हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइनसकेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
5.0k
Shares

प्रतिक्रिया