बागमती


काठमाडौँमा चट्याङसहित वर्षा हुन्छ: मौसमविद्

काठमाडौँमा चट्याङसहित वर्षा हुन्छ: मौसमविद्

नेपालखबर
जेठ ४, २०८२ आइतबार ९:४४, काठमाडौँ

मौसमविद्ले आज आइतबार दिउँसो काठमाडौँ उपत्यकामा पनि चट्याङसहित वर्षा हुने सम्भावना देखिएको बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले नेपालखबरलाई बताएअनुसार आज उपत्यकामा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। 

‘त्यस्तो ठूलो वर्षाको सम्भावना त देखिएको छैन, हल्का वर्षा हुने सम्भावना छ’, उनले भने, ‘हावाहुन्डरीको चाहिँ खासै सम्भावना देखिएको छैन।’

यसअघि काठमाडौँ उपत्यकामा बिहानै पनि हल्का वर्षा भएको थियो। तर अहिले रोकिएको छ। मौसम भने धुम्म नै छ। 

समग्र देशको कुरा गर्नुपर्दा हाल बागमती प्रदेश र गण्डकी प्रदेशमाआंशिकदेखि साधारणतया बदली र देशका बाँकी स्थानमा मौसम आंशिक बदली छ। अनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ।

आज दिउँसो तथा रातिका लागि सात प्रदेशको मौसमबारे विस्तृत जानकारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad