हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा १५ दिनका लागि सवारी आवागमन बन्द हुने भएको छ।
वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म यातायात आवागमन बन्द रहने बताइएको छ।
शुक्रबार (आज) जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कान्ति लोकस्थित मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बन्द हुने जानकारी दिएको हो।
ठिङ्गन–बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द रहने सूचनामा भनिएको छ। सडक बन्द हुने अवधिमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।
75
Shares

प्रतिक्रिया