बागमती


छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १४:५९, हेटौँडा

मकवानपुरमा आफ्नै नाबालिक छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

मकवानपुरको थाहा नगरपालिकामा आफ्नै १३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ।

थाहा नगरपालिकाका ३६ वर्षीय ती पुरुषले आफ्नै छोरीलाई पटक÷पटक जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय, पालुङमा जाहेरी दर्ता भएको थियो।

उक्त जाहेरीका आधारमा प्रहरी निरीक्षक सविनबाबु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती पुरुषलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित गराइने मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

पीडित बालिकाको अवस्था सामान्य रहेको छ भने उनलाई सेफ हाउसमा राखिएको छ। 

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad