कारोबार


विद्युतीय सवारी साधनको बिमासम्बन्धी नीति बनाउन प्राधिकरणलाई नाडाको आग्रह

विद्युतीय सवारी साधनको बिमासम्बन्धी नीति बनाउन प्राधिकरणलाई नाडाको आग्रह

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १७:३५, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल बिमा प्राधिकरणबीच विद्युतीय सवारी साधनको बिमा नीतिबारे छलफल भएको छ।

शुक्रबार नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्राधिकरणका अध्यक्ष शरद ओझासँग उनकै कार्यकक्षमा भेट गरी विद्युतीय सवारी साधनहरूको बिमा नीतिका सम्बन्धमा छलफल गरेको नाडाले जनाएको छ।

सो भेटघाट तथा छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी साधनहरूको सन्दर्भमा हालसम्म बिमा नीति तयार नभइसकेकोले विद्युतीय सवारी साधनको बिमा सम्बन्धमा स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माणको आवश्यकता रहेको भन्दै विद्युतीय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनु पर्ने धारणा राखे।

छलफलको क्रममा प्राधिकरणले सो नीतिमा विद्युतीय सवारी साधनहरुको स्पेयर पार्ट्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बिमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ। त्यसैगरी प्राधिकरणले नाडाकालाई समेत उक्त बिमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने छ।

विद्युतीय सवारी साधनहरूका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकोले न्यूनतम रुपमा दक्षिण एसियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्नेछ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, तथा बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र नाडाका साधारण सदस्य महेश पाल समेतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad