बागमती


काठमाडौँमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, अर्का घाइते

काठमाडौँमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
चैत २, २०८१ शनिबार ९:४७, काठमाडौँ

काठमाडौँ महानगरपालिका-३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्पअगाडि आज (शनिबार) बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बिहान ४:३० बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको हो। 

दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो। 

उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरी उपरीक्षक बोहराका अनुसार ठक्कर दिएर  गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको कार्गो क्षेत्रमा फेला परे पनि चालक अझै फरार छन्।

सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको उपचार ट्रमा सेन्टरमा भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad