बागमती


मकवानपुरमा एउटै बलात्कार घटनामा १८ वर्षमुनिका ७ किशोर पक्राउ

मकवानपुरमा एउटै बलात्कार घटनामा १८ वर्षमुनिका ७ किशोर पक्राउ

नेपालखबर
फागुन २४, २०८१ शनिबार १३:९, हेटौँडा

मकवानपुरमा एउटै बलात्कार घटनामा प्रहरीले १८ वर्षमुनिका ७ किशोरलाई पक्राउ गरेको छ। 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित युवतीले दिएको जाहेरीका आधारमा  फागुन २२ गते हेटौँडाका विभिन्न स्थानबाट ५ किशोर र फागुन २३ गते थप २ जना किशोरलाई नियन्त्रणमा लिइएको हो। 

पीडितले दिएको जाहेरीअनुसार गत माघ ६ गते बिहान ८:३० बजेतिर हेटौँडा उपमहानगरपालिका-२, स्थित वनस्खण्डी मन्दिरनजिक जंगलमा उनलाई जबर्जस्ती करणी गरिएको थियो।

जिल्ला प्रहरी कार्यलय, मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले पक्राउ परेका सातै किशोरलाई मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए। 

घटनाको विस्तृत अनुसन्धान भइहेको र संलग्न व्यक्तिहरूको संलग्नता प्रमाणित भएमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

पक्राउ परेका सातै जना १८ वर्षभन्दा कम उमेरका रहेका कारण उनीहरूको परिचय र तस्बिर सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad