बागमती


विद्युतीय प्रणालीबाट मात्र नक्सा स्वीकृत गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

विद्युतीय प्रणालीबाट मात्र नक्सा स्वीकृत गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

नेपालखबर
पुस २२, २०८१ सोमबार २३:७, काठमाडौँ

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भवन नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएकी छन्।

कार्यवाहक प्रमुख डंगोलले आज (सोमबार) आफ्नै कार्यकक्षमा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीहरूसँग भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाण पत्र जारी, निर्णायकहरूबाट हुने भवन नक्सा स्वीकृतिको प्रक्रियाका बारेमा जानकारी लिँदै भवनको नक्सा स्वीकृत गर्ने प्रणालीबाट हार्ड कपीसहितको फाइल विस्थापन गर्न निर्देशन दिएकी हुन्।

‘डिजिटल कपी र हार्ड कपी दुवै प्रयोग हुँदा कार्य प्रणालीमा विकृति आउने साना बाटाहरू रहने भए। दुईमध्ये कुन आधिकारिक भन्ने विषयमा प्रश्न आउने भयो,’ उनको भनाइ थियो, ‘विद्युतीय नक्सा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएका छौँ भने हार्ड कपी विस्थापन गरौँ। विवरण सुरक्षाका लागि हार्डकपी चाहिने हो भने स्वीकृत भएको फाइल प्रिन्ट गरेर सुरक्षा गरौँ।’

त्यस क्रममा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेले इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टममा आधारित नक्सा स्वीकृत प्रणालीमा आधारित सेवा दिन सकिने अवस्था रहेको उल्लेख गरे। लामिछानेका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ४७८ वटा भवन नक्सा स्वीकृत भएका छन्। तला थप गर्ने १५ वटा नक्सा स्वीकृत भएका छन्। १ हजार ५९ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी गरिएको छ। १०२ वटा भवनको नक्सा नामसारी गरिएको छ। 

आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३२० वटा भवनको नक्सा स्वीकृत भएको थियो। ६६ वटाको तला थप गर्ने नक्सा स्वीकृत भएको थियो भने ३ हजार ७४५ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी भएको थियो। यस्तै १५५ वटाको नक्सा नामसारी भएको थियो। 

५ हजार वर्गफुटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्सा स्वीकृत (डीपीसीसम्मको) नक्सा वडाबाटै स्वीकृत हुन्छ। भवनको माथिल्लो भागको स्वीकृति केन्द्रबाट हुन्छ। 

१० हजार वर्गफुटभन्दा माथि क्षेत्रफल भएका भवनको नक्सा स्वीकृत गर्न प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कनबमोजिम हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad