पश्चिमी वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज (मंगलबार) दिनभर उपत्यकाको मौसम बदली हुने सम्भावना छ।
‘राति हल्का वर्षा हुने सम्भावना पनि देखिएको छ’, उनले भने, ‘पश्चिमबाट बादल आइरहेको छ, त्यसैले काठमाडौँ उपत्यकामा दिनभर मौसम बदली हुने र रातितिर पानी पर्ने सम्भावना देखिएको छ।’
210
Shares

प्रतिक्रिया