बागमती


भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु, अर्का घाइते

भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु, अर्का घाइते

नेपालखबर
पुस ८, २०८१ सोमबार २०:५२, हेटौंडा

मकवानपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित हेटौंडा–भैसे सडक खण्डमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।

भैँसेबाट हेटौंडा जाँदै गरेको बाप्र०३-००२प ७२६७ नम्बरको स्कुटरलाई हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बीआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले ठक्कर दिँदा स्कुटर चालक, हेटौंडा–१ चौकीटोल निवासी अन्दाजी ३०÷३५ वर्षीय युवराज लामाको मृत्यु भएको हो।

शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर घाइते भएका उनलाई उपचारका लागि तुरुन्तै हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा साँझ ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए।

स्कुटरमा पछाडि सवार २५ वर्षीय बबिता लामा दुर्घटनामा घाइते भएकी छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक सापकोटाले बताए। उनको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न कार र कार चालक, भारत बिहार राज्य मोतिहारी जिल्लाका २४ वर्षीय सुकर्ण प्रताप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक लामाको शव हेटौंडा अस्पतालमै राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad