हेटौंडा–१२ को उपनिर्वाचनमा हालसम्म ५ हजार बढी मत खसेको छ।
हेटौंडा उपमहानगरपालिका–१२ को वडाअध्यक्ष पदमा भैरहेको मतदानमा प्रक्रियामा हालसम्म ५ हजार १८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुईवटा मतदानकेन्द्र रहेको यस वडामा प्रतिभा आधारभुत माध्यामिक विद्यालयस्थित मतदान केन्द्रमा पुरुष १ हजार २९० र महिला १ हजार ५६८ र अन्य १ गरि २ हजार ८५९ मत खसेको छ भने विष्णु मावि स्थित मतदान केन्द्रमा पुरुष १ हजार ५९ र महिला १ हजार २६६ गरि २ हजार ३२५ मत खसेको छ।
कुल मतदाताको संख्याको आधारमा हालसम्म ६४।३७ प्रतिशत मत खसेको छ।
अध्यक्षका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। ८ हजार ५३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन्। ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन्।
111
Shares

प्रतिक्रिया