बागमती


७१ किलो लागुऔषध गाँजासहित हेटौँडाबाट २ जना पक्राउ

७१ किलो लागुऔषध गाँजासहित हेटौँडाबाट २ जना पक्राउ

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार २०:२९, हेटौंडा

हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन्।

हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्के स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा प्रहरीले सो परिमाणको लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको हो।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा मकवानपुर राक्सिराङ गाउँपालिका– ९ बस्ने २० वर्षीय मिलन घलान र सोही स्थानका २६ वर्षीय दावा थिङलाई गाँजा सहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए।

फेला परेको लागुऔषध गाँजा, पिकअप गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको डीएसपी अर्यालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad