बागमती


नौकिलो ट्रक दुर्घटना अपडेट: ३ जनाको मृत्यु, २ घाइते

नौकिलो ट्रक दुर्घटना अपडेट: ३ जनाको मृत्यु, २ घाइते

नौकिलो भन्ने स्थानमा आइतबार साँझ पल्टिएको ट्रक।


सुनिता विष्ट
मंसिर १०, २०८१ सोमबार ७:२५, हेटौँडा

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

आइतबार साँझ ७ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएको हो। 

चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका-३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको हो। 

घाइते आरम्भको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार (आज) बिहान ५:३० बजेतिर मृत्यु भएको डीएसपी महतोले जानकारी दिए। 

अन्य २ घाइतेको भने भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते मकवानपुर हेटौँडा उपमहानगरपालिका-१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका-६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

ट्रक चालक मकवानपुरगढी गाउँपालिका-६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad