आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बुधबारभन्दा थोरै बढेको छ।
बुधबार उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम ९.२ डिग्री सेल्सियस रहेकामा आज .३ बढेको हो।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् निर्मला रेग्मीका अनुसार आज बिहान ५:४५ को मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस देखिएको हो।
तर अहिले बिहान ८.४५ बजे देशभरको न्यूनतम तापक्रम सार्वजनिक गर्ने बेला यो थप घट्न पनि सक्छ भने यत्ति नै रहन पनि सक्छ।
आज काठमाडौँ उपत्यकामा मौसम आंशिक बदली हुने तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् रेग्मीले बताइन्।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।
Shares

प्रतिक्रिया