बागमती


थाइल्यान्डमा नमुना परीक्षण गर्दा टुकुचाको ढलमा संक्रामक पोलियो जीवाणु नभएको पुष्टि

थाइल्यान्डमा नमुना परीक्षण गर्दा टुकुचाको ढलमा संक्रामक पोलियो जीवाणु नभएको पुष्टि

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार ११:२८, काठमाडौँ

गत असारमा टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ।

थाइल्यान्डको ब्याङ्ककमा गरिएको नमुना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन्। 

“टुकुचा खोलामा भेटिएको पोलियो भाइरस सर्‍यो वा सरेन भन्ने एकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमुना सङ्कलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ”, उनले भनिन्, “यदि उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमुनामा फेरि त्यो भेटिन्थ्यो। पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गर्‍यौँ।”

गत असारमा काठमाडौँ महानगरपालिका-१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमुना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचा खोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमुना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए।

सन् २०१७ देखि खोप शाखाले ढलबाट नमुना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ। काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताए।

काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ । 

सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन। पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad