ad ad

बागमती


खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई ५० हजार सहयोग

खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई ५० हजार सहयोग

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १७:४२, हेटौंडा

मकवानपुरमा खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

मनहरी गाउँपालिकाले गत भदौ २५ गते खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो।

शुक्रबार (आज) एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मृत बालिकाको बुवा जितेन्द्र गुरुङलाई चेक हस्तान्तरण गरेका हुन्।

मनहरी गाउँपालिका–८ सिमपानी गुरुङडाँडाकी १४ बर्षीया रञ्जिता गुरुङलाई बाढीले बगाएका थियो। साँझ ५ बजेतिरको समयमा विद्यालयबाट घर फर्कदैं गरेकी रञ्जितालाई मोरङगे खोल्सा तर्ने क्रममा बाढीले बगाएको थियो।

गुरुङको छोरी रञ्जिता युनाइटेड बोडिङ स्कुलमा अध्यनरत थिइन्। विद्यालयबाट घर फर्कने क्रममा बाढीले बगाएको रञ्जिताको शव घटनास्थलबाट करिब २ किलो मिटर तल भेटिएको थियो।

खोल्सा तर्ने क्रममा एक्कासी बाढीले बगाएपछि रञ्जितासँगै घर फर्किएको १७ बर्षको इशान गुरुङले बचाउने प्रयास गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .