बागमती


नागढुंगानजिक ठूलो पहिरो खस्दा त्रिभुवन राजपथ बन्द

नागढुंगानजिक ठूलो पहिरो खस्दा त्रिभुवन राजपथ बन्द

सडकमा पहिरो खसेको ठाउँ


नेपालखबर
भदौ ५, २०८१ बुधबार १४:१७, हेटौँडा

काठमाडौँ प्रवेशको मुख्य नाका नागढुंगा नजिक चिसापानी भन्ने ठाउँमा पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

त्रिभुवन राजपथअन्तर्गत नागढुंगानजिक पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको हो।

नागढुंगा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका नागमन्दीर नजिकै सडक माथिबाट निरन्तर पहिरो खसिरहेको छ।

पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिएको बताउँदै थपलियाले दुवैतर्फ पहिरो पन्छाउन डोजर तयारी अवस्थामा राखिएको जानकारी दिए।

पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर आवागमन सहज गरिने थपलियाको भनाइ छ।

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुंगा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला भएर बैकल्पिक मार्ग प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।

ठूलो पहिरो खसेकाले पहिरो पन्छाएर सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad