ad ad

बागमती


भरतपुर अस्पतालमा बायोप्सी गर्न बेहोस बनाउँदा ३९ वर्षीया महिलाको मृत्यु

भरतपुर अस्पतालमा बायोप्सी गर्न बेहोस बनाउँदा ३९ वर्षीया महिलाको मृत्यु

सुनिता विष्ट
भदौ ५, २०८१ बुधबार ११:२१, हेटौँडा

चितवनको भरतपुर अस्पतालमा पाठेघर उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ।

चितवनको गैँडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालको पाठेघरको बायोप्सी गर्न बेहोस बनाउँदा मृत्यु भएको हो।

ढकाललाई मंगलबार बायोप्सी गर्ने (मासुको टुक्रा निकाल्ने) क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) औषधि दिइएकोमा उनको मृत्यु भएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले ती महिला पहिल्यैदेखि मुटुरोगी रहेकाले उपचारका क्रममा मृत्यु भएको दाबी गरेको छ। 

‘पाइनल एनेस्थेसिया लगाएपछि ढकालको अवस्था गम्भीर भएको भन्ने छ,’ जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले भने, ‘अवस्था गम्भीर भएपछि थप उपचारका लागि आईसीयूमा सारिएको रहेछ। तर केही बेरमा नै उहाँको मृत्यु भएको भन्ने जानकारी अस्पताल प्रशासनले दिएको छ।’

तर मृतकको आफन्तले अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन्।

मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकी ढकालको राति १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानएको छ।

मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको जिकिर गरेका छन्।

मृतक महिलाका एक छोरी र एक छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .