पछिल्लो ३ घण्टामै ललितपुरमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) दिउँसो ३:२४ बजे गरेको अपडेटअनुसार गत ३ घण्टामै ललितपुरको लेलेमा ५७ मिलिमिटर वर्षा भएको हो।
मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
सो अवधि (पछिल्लो ३ घण्टा) मा ललितपुरकै गोदावरीमा २७.६ मिलिमिटर वर्षा भएको छ भने काठमाडौँको सुन्दरीजल वर्षा मापन केन्द्रमा १५.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
उपत्यकाका अन्य स्थानमा भने नगन्य मात्रामा पानी परेको विवरणले देखाएको छ।
अहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
486
Shares

प्रतिक्रिया