ad ad

बागमती


सिस्नेरी सुमो दुर्घटना: यी हुन् १० घाइते, कसको अवस्था कस्तो? (विवरणसहित)

सिस्नेरी सुमो दुर्घटना: यी हुन् १० घाइते, कसको अवस्था कस्तो? (विवरणसहित)

दुर्घटनास्थल


सुनिता विष्ट
साउन १९, २०८१ शनिबार १२:४४, हेटौँडा

काठमाडौँबाट वीरगन्ज जाँदै गरेको सुमो दुर्घटना हुँदा घाइते भएकाहरूको परिचय खुलेको छ।

शनिबार (आज) बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो दुर्घटना भएको हो। 

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्। 

जसमा चालकसहित ४ जनाको अवस्था गम्भीर छ भने बाँकी ६ जना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

घाइतेमा अधिकांश भारतीय नागरिक छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएकाहरूमा  भारत घर भई हाल काठमाडौँको नेपालटार बस्ने ४० वर्षीय सन्तोष रञ्जन (टाउको र घाँटीमा चोट, अवस्था गम्भीर), भारतको मोतिहारी घर भएका ५० वर्षीय रावशाती अन्सारी (शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम), भारत घर भई हाल ललितपुरको सानेपा बस्ने ६१ वर्षीय सतेन शाह (टाउकोमा चोट, अवस्था मध्यम), भारत घर भई हाल काठमाडौँको न्युरोड बस्ने २० वर्षीय अपरोज आलम (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर) छन्। 

यस्तै अन्य घाइतेमा सुमो चालक वीरगन्जका ३३ वर्षीय जाठिर मिया तेली (शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर), भारत घर भई हाल काठमाडौँको बल्खु बस्ने ३५ वर्षीय प्रदीय राय (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम), भारत घर भई काठमाडौँको कुलेश्वर बस्ने सुनील राय (बाँया हातमा चोट, अवस्था मध्यम), उनकै भाई २४ वर्षका अनिल राय (दुवै हातमा चोट, अवस्था मध्यम), भारत घर भई बल्खु बस्ने ४४ वर्षका मोहम्द मुस्लिम (बाँया कुममा चोट, अवस्था मध्यम) र बारा जिल्ला आदर्श कोतुवाला गाउँका २८ वर्षका औशान अन्सारी (टाउको र छातीमा चोट, अवस्था गम्भीर) छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .