ad ad

बागमती


विश्वासको मत लिने होइन, राजीनामा दिने ‘मुड’मा मुख्यमन्त्री जम्कट्टेल

विश्वासको मत लिने होइन, राजीनामा दिने ‘मुड’मा मुख्यमन्त्री जम्कट्टेल

सुनिता विष्ट
साउन ६, २०८१ आइतबार १३:५१, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्।

आज प्रदेश सभामा विश्वासको मत माग्ने भनेका मुख्यमन्त्री जम्कट्टेलले बहुमत नपुग्ने निश्चित देखिएपछि संसद्‌लाई सम्बोधन गरेर राजीनामा दिन लागेको नेकपा माओवादी केन्द्रका एकजना प्रदेश सभा सदस्यले बताए।

बागमती प्रदेश सभाका मुख्य ठूला दुई दल कांग्रेस र एमाले मिलेर नयाँ सरकार निर्माण गर्ने भएपछि जम्कट्टेल मुख्यमन्त्रीले पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका हुन्।

केन्द्रमा नेपाली का‌ंग्रेसँग सत्ता सहकार्य गर्ने सहमति भएपछि गत असार २४ गते नेकपा एमालेले बागमती प्रदेश सरकारबाट पनि बाहिरिँदै समर्थन फिर्ता लिएको थियो। 

३७ सिट रहेको नेपाली कांग्रेस, २७ सिट रहेको नेकपा एमाले र १२ सिट रहेको राप्रपाले प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

यसरी विश्वासको मत प्राप्त गर्ने सम्भावना नै नरहेपछि मुख्यमन्त्री जम्कट्टेलले राजीनामाको विकल्प रोज्न लागेको स्रोतको दाबी छ। 

मुख्यमन्त्री जम्कट्टेलसँग नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत  समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका २ गरी ३० सांसद मात्रै पक्षमा देखिएका छन्। 

२०७९ पुस २५ गते नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेल यसअघि तीनपटक प्रदेश सभाबाट विश्वासको मत पाउन सफल भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .