ad ad

बागमती


रेलमार्गको सर्भे गर्न आएको कम्पनीको गाडीमा चितवनका स्थानीयले गरे आगजनी

रेलमार्गको सर्भे गर्न आएको कम्पनीको गाडीमा चितवनका स्थानीयले गरे आगजनी

सुनिता विष्ट
साउन २, २०८१ बुधबार १५:३३, हेटाैँडा

चितवनमा रेलमार्गको सर्भे गर्न आएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।

नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले बताए।

डीएसपी रिजालअनुसार भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा बुधबार बिहान पुग्दा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएका हुन्। सर्भे गर्दागर्दै २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएको बताइएको छ।

गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ। गाडीमा लागेको आगोे नियन्त्रणमा आइसकेको छ।

गाडीमा लागेको आगोे नियन्त्रणमा आइसकेको छ।

पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन्।

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन्।

उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए।

सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .