राजनीतिक भागबन्डा मिलाउन एक मन्त्रालय थपेको बागमती प्रदेशमा दुईदिन नबित्दै संसदीय समितिको संख्या समेत बढाएको छ।
शुक्रबार संसदीय समितिको सभापतिको मनोनयन दर्ताको अन्तिम समयमा भागबन्डा मिलाउन एक संसदीय समिति नै थप गरेको हो।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँचवटा दलबीच संसदीय समितिको सभापतिमा भागबण्डा नमिलेपछि शुक्रबार समिति थप्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए।
सभामुख भुवनकुमार पाठकको कार्यकक्षमा भएको पाँच दलीय बैठकले प्रदेशसभा नियमावली, २०७४ अनुसार विशेषाधिकार समिति थप गर्ने निर्णय गरेको ढकालले बताए। विशेषाधिकार समितिमा १७ जना सदस्य रहने नियमावलीले व्यवस्था गरेको छ।
यसअघि बागमती प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरि ५ वटा संसदीय समिति रहेका थिए।
Shares

प्रतिक्रिया