बागमती


काठमाडौँमा राति ट्याक्सी लुटपाट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँमा राति ट्याक्सी लुटपाट गरेको आरोपमा २ जना पक्राउ

नेपालखबर
चैत १८, २०८० आइतबार १८:२४, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका-२ बस्ने राजु गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूले चैत १३ गते राति ९ बजेदेखि १० बजेको समयमा  बूढानीलकण्ठ नगरपालिका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी वान प्लस ७ टी मोबाइल, ब्लुबुक, एचपी १५ ल्यापटप एक, रातो कलरको वालेट एक तथा नगद रु १८ हजार लुटपाट गरेको आरोप छ। 

निजहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको र उनीहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .