ad ad

बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस बढ्यो

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस बढ्यो

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
माघ २२, २०८० सोमबार ७:१०, काठमाडौँ

आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारभन्दा २ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस देखिएको हो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ, जतिखेर थोरै घट्ने सम्भावना हुन्छ।

हिजो आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस थियो। 

राति आकाशमा बादल लागेको अवस्थामा बिहान न्यूनतम तापक्रम बढ्ने मौसमविद् बताउँछन्। 

यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसभित्र रहने अनुमान रहेको मौसमविद् नगरकोटीले बताइन्। आइतबार उपत्यकाको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

मौसमविद् नगरकोटीका अनुसार काठमाडौँ उपत्यकाको मौसम आज आंशिक बदली (बादल लाग्ने, घाम पनि देखिने) हुने सम्भावना छ। 

‘आज उपत्यकामा वर्षाको सम्भावना कम नै देखिएको छ’, उनले भनिन्, ‘वर्षा भयो भने दिउँसोतिर छिटपुटसम्म हुनसक्छ।’

आइतबार दिउँसो पनि काठमाडौँ उपत्यकामा छिटपुट पानी परेको थियो। 

देशभरका लागिआज देशका धेरैजसो भूभागमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .