बागमती


काठमाडौँ उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाडौँ उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो

फाइल तस्बिर


नेपालखबर
माघ १४, २०८० आइतबार ६:५५, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रम जारी छ। 

यसै क्रममा आज (आइतबार) यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस देखिएको हो। 

‘उपत्यकाका लागि यो तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो’, उनले भने। 

यसअघि शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्रीसम्म झरेको थियो। आज त्यसभन्दा पनि तल गएको हो।

त्यसो आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजेको मापनलाई मानिन्छ। त्यतिबेला तापक्रम अझ घट्ने सम्भावना हुन्छ।

न्यूनतम तापक्रम जति घट्यो उति बिहान चिसो बढ्छ। 

मौसमविद् झाका अनुसार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि बिस्तारै घट्ने क्रममा छ।

यसै क्रममा आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने देखिएको उनले बताए।

हिजो शनिबार यहाँको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

मौसमविद् झाका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकामा हल्का हुस्सु लागेको छ भने भिजिबिलिटी (पारदर्शिता) ४ किलोमिटर छ। यसले यातायातमा खासै असर पार्दैन। 

दिउँसोतिर आकाशमा बादल विकास हुने भए पनि वर्षाको सम्भावना नरहेको र घाम लाग्ने अनुमान गरिएको मौसमविद् झाको भनाइ छ। 

देशभरको मौसमका लागिचार प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad