ad ad

बागमती


पूर्वराजालाई स्वागत गर्न राप्रपा र राप्रपा नेपालको प्रतिस्पर्धा

पूर्वराजालाई स्वागत गर्न राप्रपा र राप्रपा नेपालको प्रतिस्पर्धा

नेपालखबर
माघ ७, २०८० आइतबार १५:३२, हेटौंडा

पूर्वराजा ज्ञानेन्द्र शाह हेटौंडा आउने भएपछि राजावादी पार्टीहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालले स्वागतका लागि हानथाप गरिरहेका छन्।

आइतबार हेटौँडा आउन लागेका पूर्वराजाको स्वागतका लागि राप्रपाले स्वागत समिति नै बनाएको छ भने राप्रपा नेपालले पनि छुट्टै तयारी गरिरहेको छ।

हेटौंडामा रहेका धार्मिक क्षेत्रहरूको अवलोकन तथा पूजाआरधाना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि पूर्वराजा हेटौंडा आउन लागेका हुन्।

उनको भ्रमण गराउन मकवानपुर क्षेत्र नम्बर– १ का प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजनमा एक हजार एक सय ११ सदस्यीय मूल समारोह समिति बनाइएको छ। कार्यक्रमको लागि मूल समारोह तथा १० वटा उपसमितिहरू गठन गरिएको सांसद सिंहले जानकारी दिए।

यता, कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि पूर्वराजा ज्ञानेन्द्रको स्वागतको लागि छुट्टै तयारी गरिएको बताएको छ। शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए।

राप्रपा नेपाल जिल्ला समितिको शनिवार बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट गरेको उनले बताए।

‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ। हामी तयारीमा जुटिसकेका छौं’, अध्यक्ष सापकोटाले भने।

पूर्वराजा शाह ७ गते दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, दिउँसो १२ः३० मा हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआरधाना, २ः३० मा हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजा आरधानासहित शुभेच्छुक भेटघाट र ४ः३० मा हेटौंडा रिसोर्टमा खेलप्रेमी, बुद्धिजिवी, व्यवसायीलगायतसँग भेटघाट गर्नेछन्। आजै उनी हेटौंडाबाट फर्कने कार्यतालिका रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .