मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने २५ वर्षीय विकल सारु मगर रहेका छन्।
प्रदेश ३–०२–००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा विकल गम्भीर घाइते भएका थिए। उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
90
Shares
प्रतिक्रिया