ad ad

बागमती


बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ११ हजार बढी

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ११ हजार बढी

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १८:४८, हेटाैँडा

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेशका १३ जिल्लामा ११  हजार ३२८ जनामा डेङ्गु  सङ्क्रमण पुष्टि भएको हो।

प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा ३ हजार ७६६ जनामा डेङ्गु पुष्टि भएको छ।

यस्तै, काठमाडौँमा २ हजार ९०७, ललितपुर १ हजार ३५४, मकवानपुर ७८२, चितवन १ हजार ५७३, भक्तपुर ५३०, नुवाकोट १०४, काभ्रेपलाञ्चोक १७८, रामेछाप ५०, सिन्धुली ३४, सिन्धुपाल्चोक २६, दोलखा १८ जनामा र सबैभन्दा कम रसुवामा ६ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

डेङ्गु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई÷दुई जना, काभ्रेपलाञ्चोक र मकवानपुरका एक÷एक जनासहित छ जनाको मृत्यु भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .