ad ad

बागमती


मकवानपुरमा पहिलो पटक गैरआवासीय नेपालीले लिए नागरिकता

मकवानपुरमा पहिलो पटक गैरआवासीय नेपालीले लिए नागरिकता

गैरआवासीय नागरिकता प्रदान गर्दै मकवानपुरका प्रजिअ सूर्यप्रसाद सेडाइ


नेपालखबर
कात्तिक १५, २०८० बुधबार १७:२८, मकवानपुर

मकवानपुर जिल्लाबाट पहिलो पटक दुई जना गैरआवासीय नेपालीले नागरिकता लिएका छन्।

बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले हेटौंडा–११ की सन्जिता बिडारी र हेटौंडा–५ का श्रीकृष्ण थापालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका हुन्।

१५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दे आएका थापा र बिडारी श्रीमान्-श्रीमती हुन्। थापा दम्पती मकवानपुरबाट गैरआवासीय नेपाली नागरिकता पाउने पहिलो हुन्।

नागरिकता प्राप्त गरेपछि उनीहरूले देश र जनताको नाममा शपथ लिएका थिए।

गैरआवासीय नेपाली नागरिकता पाएपछि उनीहरुले खुसी व्यक्त गरेका छन्। ‘दु:खसुखको क्षणबाट गुज्रिएपछि विदेशको नागरिकता लिए पनि अहिले फेरि नेपालको नागरिकता लिन पाउँदा हामीलाई एकदमै खुसी लागेको छ। यसले हामीलाई विदेशमा रहेर पनि नेपालको जुन माया छ त्यसलाई अझ प्रगाढ बनाउनेछ भन्ने विश्वास लिएको छु,’ नागरिकता लिएपछि श्रीकृष्ण थापाले भने।

गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .