मकवानपुरको मकवानपुर गढी र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
बाढी महाशाखाले आज (आइतबार) साँझ ६ बजे सूचना जारी गरी पछिल्लो ३ घण्टामा मकवानपुर गढी र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जानकारी दिँदै बाढीबाट बच्न सचेत गराएको हो।
महाशाखाको सूचना भनिएको छ– ‘पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई वहने सम्री लगायत ससाना खोलाहरूमा जलसतह बढ्ने हुँदा तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔँ।’
पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको छ। सो क्षेत्र भई बहने सम्री लगायत स-साना खोलाहरुमा जलसतह बढ्ने हुँदा तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔं।@NDRRMA_Nepal pic.twitter.com/4oEkERQnmC— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 24, 2023असोज ७ गते, साँझ ६:०० बजे
असोज ७, २०८०, आइतबार
105
Shares
प्रतिक्रिया