ad ad

बागमती


आज दिनभर काठमाडौं उपत्यकाको मौसम कस्तो रहनेछ?

आज दिनभर काठमाडौं उपत्यकाको मौसम कस्तो रहनेछ?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज ५, २०८० शुक्रबार ७:२६, काठमाडौँ

आज (शुक्रबार) काठमाडौं उपत्यकाको मौसम पनि दिनभर बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बिहान उपत्यकाको मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। यो भनेको आकाशमा बादल हुनु र कतै कतै घाम पनि देखिनु हो।    

‘आज काठमाडौं उपत्यकाको मौसम दिनभर यस्तै रहने अनुमान छ’, उनले भने, ‘दिउँसो वा अपराह्नतिर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

उनका अनुसार यतिबेला (बिहान ७ बजे) काठमाडौं उपत्यकाको वायुको तापक्रम २१ डिग्री सेल्सियस छ भने बिहान ५:४५ बजेको मापनअनुसार न्यूनतम तापक्रम भने १९.५ डिग्री सेल्सियस छ।  

‘आज उपत्यकामा अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसम्म हुने अनुमान छ’, मौसमविद् लामिछानेले भने। 

काठमाडौं उपत्यकामा आज राति पनि वर्षाको सम्भावना रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .