ad ad

बागमती


टोखाभित्र सार्वजनिक स्थलमा धूमपान गरे कारबाही

टोखाभित्र सार्वजनिक स्थलमा धूमपान गरे कारबाही

नेपालखबर
साउन २१, २०८० आइतबार १९:५३, काठमाडौँ

काठमाडौंको टोखा नगरपालिका टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ।

टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्थाबमोजिम सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ नखान आग्रह गरेको हो। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा कानुनबमोजिम कारबाही गर्ने जानकारी दिए। 

सो नगरपालिकाले गत हप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .