ad ad

बागमती


व्यावसायिक भवनमा पार्किङ गर्दा शुल्क मागे यो नम्बरमा सम्पर्क गर्नुस्

व्यावसायिक भवनमा पार्किङ गर्दा शुल्क मागे यो नम्बरमा सम्पर्क गर्नुस्

नेपालखबर
साउन १५, २०८० सोमबार १७:५५, काठमाडौँ

व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल गुनासो गर्नका लागि काठमाडौं महानगरपालिकाले सम्पर्क अधिकारी तोकेको छ। 

यदी व्यावसायिक भवनहरूले कुनै शुल्क लिए महानगरका नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई सम्पर्क गर्न सकिने महानगरले जनाएको छ। 

जसका लागि ९८५१०-५१६१० मा फोन गर्न सकिन्छ। महानगर प्रहरी बलका प्रमुख उपरीक्षक राजुनाथ पाण्डेले आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको बताए। 

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ।

ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित समेत गरिसकेको छ। 

व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन्।

यति हुँदा पनि कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको बताएको छ।

ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका÷भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ।

सेवाग्राहीवाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिने पनि उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .