बागमती


खुल्यो नारायणगढ–मुग्लिन सडक

खुल्यो नारायणगढ–मुग्लिन सडक

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०८० शनिबार १०:४७, काठमाडौँ

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलाइएको छ।  उक्त सडकअन्तर्गत आज बिहान ७ बजे कालीखोलामा पहिरो खस्दा यातायात बन्द भएको थियो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पहिरो बिहान ८:५५ बजेसम्म पन्छाएर सडक खुलाइएको हो।

पहिरोका कारण रोकिएका सवारीसाधन धमाधम गन्तव्यतर्फ लागेका छन्।

यसअघि शुक्रबार राति १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर शनिबार बिहान ३ बजेदेखि सडक खुलाइएको थियो। 

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटकपटक बन्द हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .