ad ad

बागमती


मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

नेपालखबर
असार १८, २०८० सोमबार २२:१०, काठमाडौँ

मकवानपुरको बागमती गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।

सोमबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ खादा बागमती गाउँपालिका-७ मा एकै परिवारका ५ जना बिरामी भएको प्रहरीले जनाएको छ।

जंगली च्याउ पकाएर खाँदा स्थानीय ४५ बर्षीय रेशम बिक, २५ बर्षीय पदम बिक, २३ बर्षीय मदन बिक, १८ बर्षीया सपना बिक र ३० वर्षीय पर्बित बिक रहेको मकवानपुर प्रहरीले जनाएको छ।

उनीहरू एकै परिवारको सदस्य रहेको बताइएको छ। बिरामी सबैलाई फापरबारी स्वास्थ्य चौकीको प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पतालमा ल्याएर उपचार थालिएको प्रहरीले जनाएको छ। 

सबैको स्वास्थ्य अवस्थामा सुधार आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .