ad ad

बागमती


खुल्यो नारायणगढ–मुग्लिन सडक, दुईतर्फी यातायात सञ्चालन

खुल्यो नारायणगढ–मुग्लिन सडक, दुईतर्फी यातायात सञ्चालन

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८० सोमबार ८:२०, चितवन

पहिरो पन्छाएपछि नारायगढ–मुग्लिन सडक दुइतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ। इलाका प्रहरी कार्यालय (मुग्लिन) का अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको थियो।

अहिले पहिरो पन्छाई सडक दुवैतर्फ गाडी चलाउन हुनेगरी खुलाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। 

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक  चालक घाइते भएका छन्। घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसअघि शनिबार रातिदेखि बन्द सडक झण्डै १८ घण्टापछि  आइतबार  साँझपख मात्रै खुलेको थियो। सोही स्थानमा गत आइतबारदेखि पटकपटक पहिरो खस्दा सडक बन्द हुने सिलसिला जारी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .