ad ad

बागमती


हेटौंडाको सडकमा ‘गौरव यात्रा’ (फोटो फिचर)

हेटौंडाको सडकमा ‘गौरव यात्रा’ (फोटो फिचर)

नेपालखबर
असार १५, २०८० शुक्रबार २०:२७, काठमाडौँ

बागमती प्रदेशको राजधानी हेटौंडामा ‘गौरव यात्रा’ मनाइएको छ। यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायले जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गर्छन्।

यो महिनालाई उनीहरुले गौरवको महिनाको संकेत दिने गरेका छन्। 

विश्वका विभिन्न देशहरुमा हुने ‘प्राइड परेड’ पछिल्लो समय नेपालका विभिन्न ठाउँहरुमा हुने गरेका छन्। जसअनुसार, यस समुदायले शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा पनि गौरवको यात्रा गरेको छ। 

विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइन्छ। जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउनुको छुट्टै इतिहास समेत छ।

१९९० मा  अमेरिकाको स्टोङवाल भन्ने ठाउँको एक होटलमा तेस्रोलिंगी समुदायमाथि भएको दुव्र्यवहारको घटनाको सम्झनाको स्वरुपमा विश्वभर जुन महिनालाई गौरवको महिनाको रुपमा मनाइन्छ।

मकवानपुर यससँग सम्बन्धित संस्थाहरुका अनुसार जिल्लामा हाल ३ सय भन्दा धेरै यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायहरु रहेको तथ्यांक छ।

तस्बिरहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .