ad ad

बागमती


रिङरोडका टिकट काउन्टरको बोर्ड हटाउने महानगरको निर्णय

रिङरोडका टिकट काउन्टरको बोर्ड हटाउने महानगरको निर्णय

नेपालखबर
जेठ ३२, २०८० बिहिबार २०:१, काठमाडौँ

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरुको बोर्ड हटाउने भएको छ।

बिहीवार महानगरले सो निर्णय गरेको हो। महानगरपालिकाले असार १ गते शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउन्टरहरुको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले बताए।

उनले उपयुक्त स्थानहरुमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाको लागि गठन गर्ने निर्णय भएको पनि बताए। 

यात्रुहरू बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने निर्णय भएको उनले बताए।

महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ। जसमा जगतमान श्रेष्ठ संयोजक, उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रा.लि.सदस्य रहेका छन्।

काठमाडौं महानगरपाकिलाका प्रमुख बालेन्द्र शाहको उपस्थितिमा वैशाख २९ गते बसेको बैठकले यो निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .