ad ad

बागमती


हेटौँडामा आफ्नै घरभित्र पासो लगाएको अवस्थामा मृत वृद्ध दम्पति

अनुसन्धान गर्दै प्रहरी
हेटौँडामा आफ्नै घरभित्र पासो लगाएको अवस्थामा मृत वृद्ध दम्पति

नेपालखबर
जेठ २७, २०८० शनिबार १०:५४, काठमाडौँ

मकवानपुरको हेटौँडामा वृद्ध उमेरका श्रीमान्–श्रीमती नै पासो लगाएको अवस्थामा मृत भेटिएका छन्।  

मकवानपुुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी टेकबहादुर कार्कीका अनुसार  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १, चाइनाक्वाटर भन्ने ठाउँस्थित आफ्नै घरभित्र अन्दाजी ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी पत्नी ७४ वर्षीया नन्दकुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेका हुन्। 

‘तीनतले पक्की घरको सबैभन्दा माथिल्लो तलामा रहेको पूजाकोठामा फलामको ट्रसमा करिब ३ मिटरको फरकमा गम्छाले पासो लगाइएको अवस्थामा दुवैजना मृत भेटिएका हुन्’, डीएसपी कार्कीले भने, ‘पोस्टमार्टमका लागि शव हेटौँडा अस्पताल पठाएका छौँ, त्यसको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ला।’ 

छोरा–बुहारीसँग बस्ने उनीहरूले आत्महत्या गरेका हुन् वा अर्कै केही हो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए। ‘अहिले सबै कुरा भन्न मिल्दैन, अनुसन्धान भइरहेको छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .