ad ad

बागमती


हेटौंडा–ढल्केबर सवस्टेसन मर्मतमा हेटौंडाका स्थानीयद्धारा अवरोध

हेटौंडा–ढल्केबर सवस्टेसन मर्मतमा हेटौंडाका स्थानीयद्धारा अवरोध

सुनिता विष्ट
जेठ २२, २०८० सोमबार २०:११, हेटाैंडा

नेपाल विद्युत प्राधिकरण हेटौंडा हेटौँडा वितरण केन्द्रले हेटौंडा ८ कमाने सवस्टेसन मार्फत १३२ केभि प्रसारण लाइनको तार फेर्ने कार्यमा सोमबार स्थानीयले अवरोध गरेका छन्।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले कमाने सवस्टेशन मार्फत १३२ केभि प्रशारण लाइनको तार फेर्ने कार्य गर्दैगर्दा स्थानीयहरूले आफ्नो जग्गाको मुअब्जा माग्दै अवरोध गरेका हुन्। 

करिब ४१ वर्ष अघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नु पर्नेलगायतका माग राखी स्थानीयले लाइनको तार फेर्ने कार्यमा अवरोध गर्दै आएका छन्।

नम्बरी जग्गामा पोल राखेर आफूहरुलाई सुकुम्बासी बनाउन खोजेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन्। 

२०११ सालमा पुर्खाले फडानी गरेर बसेको जग्गाको केही वर्षपछि हातमा लालपुर्जा पर्यो। तर जग्गा आफ्नो नाममा आएपनि धेरै बर्ष भोगचलन गर्न नपाएको स्थानीय मिनबहादुर दोङ बताउँछन्।

उक्त हेटौंडा–ढल्केबर सबस्टेसनको लागि लाइन आयो तब देखि उक्त जग्गामा विद्युत प्राधिकरणले पोल राखिएको उनको गुनासो छ। ‘आफ्नो जग्गामा पोल गाडिए पनि सरकारलाई बुझाउनपर्ने जग्गाको तिरो भने तिरिरहेका छौं, ’ उनले भने। 

त्यसोत, केहीदिन अघि उक्त लाइनको निरिक्षण गर्न हेटौंडा आइपुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको कित्ताकाट गर्न दिने, बैंकमा धितो राख्न पाउने लगायतका विषयलाई नीतिगत रुपमा सम्बोधन गर्न माथिल्लो तहमा छलफल भइरहेको विश्वास दिलाएका थिए।

स्थानीय सामाजिक मागलाई सम्बोधन गर्दै जाने विश्वास दिलाए पनि आफूहरुको कुनै मागको सम्बोधन नै नहुँदै तार फेर्न थालिएकोले आपत्ती जनाउँदै अवरोधमा उत्रिएको स्थानीयको गुनासो छ।

यता, घरैमाथि १३२ केभी लाइन भएपनि केही स्थानीयको घर भने अहिले पनि अँध्यारो छ। कारण लाइनको तल घर परेकै कारण प्राधिकरणले आफ्नो घरमा मिटर राख्नबाट वञ्चित गरेको स्थानीय खड्कबहादुर पाख्रिन बताउँछन् । 

‘मिटर लिनलाई म प्राधिकरणमा फारम लिएर गएँ । प्राधिकरणमा जाँदा उहाँहरुले हामी हेर्न आउँछौं भन्नुभयो। घर हेर्न केही दिनमा आउनु भयो। घरमा आउनुभएपछि उहाँहरुले हाइड्रेसन लाइनको मुनी परेको छ। यहाँ मिटर राख्न मिल्दैन भनेर मिटर राख्नदिएनन्। अहिले सम्म पनि मैले यो लाइन कै कारण घरमा मिटर राख्न पाएको छैन,’ उनले भने। 

स्थानीयको अवरोधका कारण वैशाखको पहिलो साताबाट ठप्प रहेको काम आज सोमबारबाट सुरु गर्न लागिएको थियो। तर दर्जनौं सुरक्षाकर्मी तैनाथ राखेर काम अघि बढाइरहेको विद्युत प्राधिकरण काम सुरु गरेको केहीबेरमै स्थानीयले अरोध गरेपछि काम अघि बढ्न नसकेको हो।

नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमतावृद्धि गर्न हेटौंडादेखि धनुषाको ढल्केबर सवस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमता हाइ टेम्पेचर लो सग– एचटीएलएसको नयाँ तार राख्न लागेको हो ।

यता, स्थानीय जनप्रतिनिधिहरु पनि तार फेर्न रोक्ने भन्दा पनि वार्ता बसेर उचित सहमतीको आधारमा काम अघि बढाउनुपर्ने बताउँछन्।

मुअब्जा दिने अथवा पीडित पक्षका परिवारलाई रोजगारी दिएर भएपनि सहमती खोज्न आवश्यक रहेको हेटौंडा १५ का वडाध्यक्ष सुनिल मोक्तान बताउँछन्।

मुअब्जा दिने नदिने बिषय केन्द्रको भएको भन्दै विद्युत प्राधिकरण हेटौंडा वितरण शाखाले भने काममा अवरोध नगर्न स्थानीयलाई आग्रह भने नगरेका होइनन्।

उक्त स्थानको लाइन विगत ४० बर्ष अघि नै तानिएको बताउँदै २०५० साल भन्दा पहिले विद्याुत विनियमावली नबनेको कारण मुअब्जा दिने चलन नभएको विद्युत प्राधिकरणको दाबी छ।

यद्यपी, तार जीर्ण भएकै कारण प्राधिकरणले दिएको निर्देशन अनुसार काम अघि बढाउन पर्ने उक्त योजनाका सदस्य दिनेश भट्टको भनाइ छ।

१३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौता ४ साउन २०७९मा कार्यान्वयनमा आएको थियो। उक्त कार्य २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .