सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिन्डेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
बा४५प ५५४१ नंको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए।
मंगलबार राति करिब १२ बजे मोटरसाइकल सडकबाट १ सय ५० मिटर तल खसेको र पूर्णरुपमा क्षति भएको प्रनाउ यादवले बताए। रासस
जेठ १७, २०८०, बुधबार
90
Shares
प्रतिक्रिया