ad ad

राजनीति


राष्ट्रपतिलाई गाली नगर्न दीपकराज गिरीको अनुरोध

राष्ट्रपतिलाई गाली नगर्न दीपकराज गिरीको अनुरोध

अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरी


नेपालखबर
जेठ १७, २०८० बुधबार २०:५३, काठमाडौँ

अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि कतिपयले उनको आलोचना र विरोध गरिरहेका छन्। 

तर यसमा राष्ट्रपति पौडेलको कुनै दोष नभएको भन्दै अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले गाली नगर्न अनुरोध गरेका छन्।

राजा फालेर राष्ट्रपति ल्याएको नै प्रधानमन्त्री र संसद्लाई शक्तिशाली बनाउनलाई भएको उल्लेख गर्दै अभिनेता गिरीले नागरिकता विधेयक प्रमाणीकरणका लागि जसले सिफारिस गर्‍यो ऊ नै दोषी भएको दाबी गरेका छन्। 

‘राजा फालेर राष्ट्रपति ल्याएको नै प्रधानमन्त्री र सदनलाई पावरफुल बनाउनलाई हो’, गिरीले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘गालीचाहिँ राष्ट्रपतिलाई किन? जसले सिफारिस गरे उनै दोषी हुन्।’

यसअघि तत्कालीन राष्ट्रपति भण्डारीले संसद्‌बाट दुई-दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगर्दा राष्ट्रपतिकै कार्यालयमा अड्किएको नागरिकता विधेयक सरकारको सिफारिसमा वर्तमान राष्ट्रपति पाैडेलले बुधबार प्रमाणीकरण गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .