बागमती


बागमती : मुख्यमन्त्रीले सम्हालेका दुई मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री लामालाई

बागमती : मुख्यमन्त्रीले सम्हालेका दुई मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री लामालाई

नेपालखबर
जेठ १, २०८० सोमबार १७:१८, हेटाैंडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफूले सम्हाल्दै आएका दुईवटा मन्त्रालयकाृ जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामालाई दिएका छन्। 

यसअघि मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्दै आएको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको कार्यभार मन्त्री लामालाई दिइएको हो। 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेलको सिफारिसमा सो जिम्मेवारी तोकेका हुन्। 

कांग्रेस संसदीय दलका नेता समेत रहेका उनलाई गत चैत २६ गते मुख्यमन्त्री जम्मकट्टेलले मन्त्री नियुक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .