बागमती


एमाले सचेतक बर्तौला अस्पताल भर्ना

एमाले सचेतक बर्तौला अस्पताल भर्ना

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १६:१४, हेटाैँडा

नेकपा एमालेका सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन्। शुक्रबारदेखि उनलाई उच्च ज्वरो आएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पालमा भर्ना भएका हुन्।

बिहीबार साँझबाट आएको ज्वरो नघटेपछि शुक्रबार अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। मकवानपुर प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद बर्तौलाले आफ्नै क्षेत्रको सरकारी अस्पतालमा उपचार गराइरहेका हुन्।

अस्पताल प्रशासनले घाँटीको टन्सिल र कमजोरीका कारण ज्वरो आएको जनाएको छ।

अस्पतालले नेता बर्तौलालाई केही दिन बेड रेस्ट गर्न सुझाएको उनका स्वकीय सचिव आशिष अस्लामीमगरले बताए। मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बर्तौला केही दिनदेखि गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रमहरुमा सहभागी थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .