ad ad

बागमती


मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु, एकको शव भोलिपल्ट भेटियो

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु, एकको शव भोलिपल्ट भेटियो

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार ९:५२, हेटौँडा

हेटौँडा–भिमफेदी–कुलेखानी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार बुधबार साँझ भएको दुर्घटनामा बारा पर्सौनी नगरपालिका वडा ५ बस्ने २५ वर्षीय लालबाबु सहनी मलाहा र सोही स्थान बस्ने २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय (मकवानपुर) का प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार काठमाडौँतिरबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२० प ४२३७ नम्बरको दुईजना सवार मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले लालबाबुलाई बुधबारै राति साढे ८ बजे उद्धार गरी हेटौँडा अस्पताल ल्याए पनि उपचारका क्रममा मृत्यु भएको हो। 

रवीन्द्र भने दुर्घटना भएको भोलिपल्ट अर्थात् आज बिहान सवा ७ बजे सडकबाट करिब दुई सय मिटर तल मृत अवस्थामा फेला परेको प्रवक्ता कार्कीले बताए। दुवै शव हेटौँडा अस्पतालमा राखिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .